Section 143
स्वास्थ्यको कारणले रोजगारी अन्त्यगर्न सकिने
(१) कुनै श्रमिक शारीिरक वा मानसिक रुपले अशक्तवा अङ्गभङ्ग वा घाइते भई काम गर्न नसक्ने भएमा वास्वास्थोपचारको लागि लामो समय लाग्ने भई काममा असर पर्ने भएमा चिकित्सकको सिफारिसका आधारमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारीे अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले तोकेको कार्यसम्पादन गर्ने सिलसिलामा कुनै दुर्घटना भई वा व्यवसायजन्य रोगको कारण अस्पतालमा बसी उपचार गराएकोमा उपचार गराउँदाको अवधिभर र घरमा बसी उपचार गराएकोमा उपचार शुरु भएको मितिले एक वर्षसम्म त्यस्तो श्रमिकको रोजगारी अन्त्य गर्न सकिने छैनर त्यस्तोे अवधिको रोजगारदाताले पूरा पारिश्रमिकदिनु पर्नेछ । तर सामाजिक सुरक्षा कोषबाट उपचार अवधिको पारिश्रमिक सुविधापाउने भएमा यस उपदफा बमोजिम रोजगारदाताले पारिश्रमिक दिनु पर्ने छैन ।
(३)उपदफा (२) मा उल्लिखित अवस्था मा बाहेक स्वास्थ्यको कारणले उपचार गर्न प्रतिष्ठानको काममा उपस्थित हुन नसक्ने श्रमिकको हकमाछ महिनासम्म रोजगारी अन्त्य गर्न सकिने छैन ।तर चिकित्सकले काममा फर्कन सक्दैन भन्ने स्पष्ट सिफारिस गरेमा सोभन्दा अगावै सेवाबाट हटाउन यस उपदफाले बाधा पुयाएको मानिने छैन । (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि शारीिरक रुपले अशक्त भएको वा अङ्गभङ्ग वा घाइते श्रमिकलाई निजको स्वास्थ्य अवस्था अनुसारको कुनै काममा लगाउन सकिने अवस्था भएमा रोजगारदाताले त्यस्तो श्रमिकलाई काममा लगाउनु पर्नेछ ।